बुटवलमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २१ असोज । बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको मृत्यु भएको छ । नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीया वृद्धको र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । गत शुक्रबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका नवलपरासीका ती वृद्धमा दम र उच्च रक्तचापको पनि समस्या रहेको डा. गौतमले बताए ।

बुटवल–९ की ५५ वर्षीया महिला बुधबार बिहान साढे ५ बजे मृत्यु भएको डा. विष्णु गौतमले बताए । सुख्खा खोकी र उच्च ज्वरोको समस्या देखिएकी ती महिलामा अरु कुनै समस्या नभएको उनले बताए । गत शनिबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि ती महिलाको सोही दिनबाट उपचार सुरू गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति