नेकपा सचिवालय बैठक :सांगठनिक एकता र संवैधानिक नियुक्तिका विषयमा छलफल

काठमाडौं, २० असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा) पार्टी नेकपा सचिवालय बैठकमा सांगठनिक एकता र संवैधानिक नियुक्तिका विषयमा छलफल भएको छ।

मंगलबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठक सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्नेबारे, संगठनात्मक कार्ययोजनासम्बन्धी प्रस्ताव र संवैधानिक राजनीतिक नियुक्तिका विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए।

उनले छलफल जारी रहेको र छिट्टै दुई अध्यक्ष बसेर यसबारे टुंगोमा पुग्ने गरी छलफल गरेर बैठक बोलाउने जानकारी दिए। उनले आजको बैठकमा मन्त्रिमण्डल पुनर्गठनका विषयमा बैठकमा कुनै छलफल नै नभएको जानकारी दिए। ‘मन्त्रिपरिषद्को पुनर्गठनका बारेमा कुनै छलफल भएन, कुनै पनि प्रकारको जानकारी पनि प्रधानमन्त्रीले बैठकलाई गराउनुभएन’, बैठकपछि पत्रकारले सोधेको प्रश्नको जवाफमा प्रवक्ता श्रेष्ठले भने। उनले राजदूतको नियुक्तिका विषयमा पनि प्रारम्भिक छलफल भएको जानकारी दिए। उनले पार्टी एकीकरणका बाँकी काम अघिल्लो बैठकले १० दिनभित्र सक्नेगरी निर्देशन दिए पनि गृहकार्य जारी रहेको बताए। उनले अहिलेसम्म गृहकार्य जारी रहेका कारण अर्को बैठकमा छलफल हुने बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति