नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौडेल

काठमाडौं, २० असोज । नविल बैंक लिमिटेडको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त भएका छन्। मंगलबार बसेको सञ्चालक समितिको बैठकले पौड्याललाई अध्यक्षमा नियुक्त गरेको हो ।

२०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब तीन वर्षपछि अध्यक्ष बनाएको हो। उनी पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत रहेका छन्।

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए। नबिल बैंक लिमिटेडमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ। अध्यक्ष शम्भु प्रसाद पौड्याल र सदस्य दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो।

२०७२ वैशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आएका शम्भु प्रसाद पौड्यालको पदावधि असोज १७ गते सकिएको छ। नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका पौड्याल सर्वसाधारण शेयरधनीका तर्फबाट २०४२ माघ २७ गते सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए। अग्रवाल करिब २६ वर्षभन्दा बढी बैंकको सञ्चालक रहे। उनी पहिलो पटक २०५१ भदौ १५ गते सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक नियुक्त भएका थिए। त्यसपछि, सन् २०७२ सम्म निरन्तर सञ्चालकमा नियुक्त हुँदै आएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति