प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी राख्ने टुंगो

बुटवल, २० असोज । प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने टुँगो लागेको छ । दाङको देउखुरी राख्नेप्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको हो । मङ्गलवार भएको मतदानमा उक्त प्रस्तावलाई दुईतिहाइ सांसदहरू समर्थन गरेका थिए।

सभामुख पूर्ण बहादुर घर्तीका अनुसार भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको थियो । प्रदेशसभामा ८७ सदस्य रहेकामा आजको भोटिङमा ८२ सांसद उपस्थित रहे ।

भोटिङमा देउखुरीको पक्षमा बहुमत आएसँगै उनले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरे । अब केही बेरमा प्रदेश ५ को नाम लुम्बिनी राखियोस् भन्ने प्रस्तावमा मतदान हुने भएको छ ।

प्रदेश सरकारले उक्त प्रदेशको स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव गरेपछि विभिन्न स्थानमा विरोधप्रदर्शनहरू भएका थिए। प्रदेश राजधानी दाङ कि बुटवल भन्नेमा तीव्र विवाद रहेको थियो भने विवादकै कारण सोमबारको बैठकमा काँग्रेस सांसदहरुले कुर्सी तोडफोड समेत भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति