प्रदेश ५ को प्रदेश सभा बैठक स्थगित

काठमाडौं, १९ असोज । प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक स्थगित भएको छ। विपक्षी दल नेपाली कांग्रेसको विरोधका बीच चलेको बैठकमा सभामुख पूर्ण घर्तीमगरले मंगलबार दिउँसो १२ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन्।

आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले आजको बैठकमा प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ राप्ती उपत्यका तोक्ने प्रस्ताव छलफलका लागि पेश गरेका थिए।

छलफलमा केही सांसदले भाग लिए भने कांग्रेस सांसदले उभिएर विरोध गरिहेका थिए । यसैबीच कांग्रेस सांसदले स्थायी राजधानी बुटवल नै राख्नुपर्ने माग गर्दै कुर्सी, टेबुल र माइक फुटाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति