२ हजार ४४० जना संक्रमित, १९ जनाको मृत्यु

काठमाडौं, १९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कुल सङ्ख्या ८९,००० नाघेको छ ।

पछिल्लो २४ घण्टामा ११३३ जना निको भएसँगै देशभर कोरोना निको हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ । आज संक्रमित देखिएकामध्ये १,५३१ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका रहेका छन् । विगत २४ घण्टामा १,१३३ जना रोगमुक्त भएका छन्। अहिले देशभरि २३,५०७ जनामा सक्रिय सङ्क्रमण रहेको मन्त्रालयले जनाएको छ ।

तीमध्ये १२,१३६ जना घरमै र ११,१९१ जना संस्थागत आइसोलेशनमा छन्। मन्त्रालयले देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या २५,००० नाघे फेरि लकडाउन लगाउन सकिने सङ्केत यसअघि दिइसकेको छ।

थप १९ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड—१९ सँग सम्बन्धित कारणले १९ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। त्यस्तै, नेपालमा अहिलेसम्म ५५४ सङ्क्रमितको मृत्यु भएको छ ।

उपत्यकामा थप १ हजार ५३१ जनामा संक्रमण
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति