कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभामा तोडफोड

काठमाडौं, १९ असोज । प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदले तोडफोड गरेका छन् । विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् ।

कांग्रेस सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएको हो । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ ।

तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन् । तोडफोडकै बीच बैठक अघि चलिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति