काठमाडौं, १९ असोज । चितवनमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १९ जना सबै चितवनका हुन् । भरतपुर अस्पतालले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ३ पुरूष र ५ महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरू २० देखि ५८ वर्षसम्मका छन् । यस्तै राप्ती–६ का २७ वर्षीय पुरूषमा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।
खैरहनीका ६ र २ नम्वर वडाका एक महिला र एक पुरूष तथा रत्ननगरका ५ पुरूष र ३ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया