भारतमा कोरोना संक्रमित संख्या ६६ लाख नाघ्यो


काठमाडौं, १९ असोज । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा पछिल्लो २४ घण्टामा ७४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ७६७ जनामा संक्रमण देखिएको छ ।योसँगै भारतमा संक्रमितको संख्या ६६ लाख २२ हजार १८० पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ५५ लाख ८३ हजार ४५३ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ३६ हजार १३ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख २ हजार ७१४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९०२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति