सर्वोच्चका न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण भएपछि काम प्रभावित

काठमाडौं, १८ असोज । सर्वोच्च अदालतका न्यायाधीशलगायत केही कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । सर्वोच्च प्रशासनले दिएको जानकारी अनुसार न्यायाधीश, केही अधिकृत र कर्मचारीहरुमा कोरोना पुष्टि भएको र उनीहरु होम क्वारेन्टिन र सेल्फ आइसोलेसनमा बसेका छन् ।

न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि भएसँगै अहिले सर्वोच्चमा एकल इजलास मात्रै गठन भएका छन्। भने अन्य काम प्रभावित बनेको छ।

‘यस अदालतका माननीय न्यायाधीशज्यूलगायत केही अधिकृत र कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित हुनुभएको र संक्रमित एवं त्यसबाट प्रभावित माननीय न्यायाधीशज्यूहरु तथा कर्मचारीहरु होम क्वारेन्टिन/सेल्फ आइसोलेसनमा रहनुभएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिएको छ।’ प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति