किमले गरे ट्रम्पको स्वास्थ्य लाभको कामना

काठमाडौं, १७ असोज ।  उत्तर कोरियाली शासक किम जोंग उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् । किमले राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पलाई एक सन्देश पठाउदै शीघ्र स्वास्थ्य लाभको कामना गरेको उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसिएनएले जनाएको छ ।शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ट्रम्पलाई २४ घण्टा नबित्दै अस्पताल भर्ना गरिएको छ । हाल वाल्टर रिड नेसनल मेडिकल सेन्टरमा उपचाररत ट्रम्पलाई आज बिहानबाट ज्वरोसमेत आएको चिकित्सकहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति