आइपीएल : चेन्नई ७ रनले पराजित, हैदराबादको दोस्रो जित

काठमाडौं, १७ असोज । चेन्नई सुपर किग्सलाई ७ रनले हराउँदै सनराइजर्स हैदराबादले यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । शुक्रबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि रबिन्द्र जडेजाले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीले जित्न सकेन । कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७ रन जोड्दा फाप डु प्लेसिसले २२ रनमा आउट भए । साम करन १५ रनमा अविजित रहे ।

हैदराबादका टी नटराजनले २ विकेट लिए । भुवनेश्वर कुमार र अब्दुल समदले १र१ विकेट लिए ।जितसँगै हैदराबादले ४ खेलमा दुई जितसहित ४ अंक जोडेको छ । हैदराबाद चौंथो स्थानमा समेत उक्लिएको छ । चेन्नई भने तीन हार र एक जितसहित २ अंकका साथ तालिकाको पुछारमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति