वामदेव गौतमविरुद्ध परेको रिटको सुनुवाइ शुक्रबारका लागि सर्‍यो

काठमाडौं, १४ असोज । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ लम्बिएको छ ।

बुधबार बहस गर्दा गर्दै समय सकिएकाले पर्सी शुक्रबारसम्मका लागि सुनुवाइ लम्बिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । उनका अनुसार बुधबार रिट निवेदक र विपक्षी दुवै पक्षबाट बहस भए पनि कानुन व्यवसायीको बहस नसकिएकाले उनी विरुद्ध परेको मुद्दा हेर्दा हेर्दैमा राखिएको हो ।

प्रतिनिधि सभाको चुनावमा पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि गएको ५ गते अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रिय सभा सदस्यको जिम्मेवारीबाट हटाउन तथा मन्त्री र अन्य संवैधानिक पदमा नियुक्ति नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसपछि सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले वामदेव गौतमलाई थप जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति