गृहमन्त्री भन्छन् – बलात्कार रोक्न सरकार प्रयत्न गरिरहेको छ

काठमाडौं, १४ असोज । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना रोक्न सरकारले अधिकतम प्रयास गरिरहेको बताए । राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा गृहमन्त्री बादलले बलात्कारका घटनालाई रोध्न रोक्न सरकारको तर्फबाट निष्ठापूर्वक अधिकतम प्रयत्न गरिरहेको बताएका हुन् ।

तर, देशमा पछिल्लो समय औसतमा प्रत्येक दिन ६÷७ जना बलात्कृत हुने गरेको देखिएको उनको भनाई छ । बलात्कारीलाई फाँसी दिनुपर्ने विषयमा उनले कानुनमा कमजोरीहरु छन् कि भन्ने बहस भइरहेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति