ओली-प्रचण्डबीच आज पनि भेटवार्ता, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

काठमाडौं, १३ असोज । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबारदेखि उहाँहरूबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइरहे पनि कुरा मिल्न सकेको छैन।

आज पनि सोही विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रचण्डले सरकारमा लैजान चाहे तर उपाध्यक्ष वामदेव गौतमबारे परेको रिटमा सर्वोच्च अदालतले असोज १४ गते सुनुवाइ हुने भएकाले १४ गतेको सुनुवाइका आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने अडान राख्दै आएको एक स्रोतले बतायो ।

अध्यक्ष प्रचण्डको प्रस्तावलाई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले पनि साथ दिनुभएको छ । प्रधानमन्त्री निकटका एक स्थायी कमिटी सदस्यले भने मंगलबारको बैठकमा दुई अध्यक्षबीच सहमति हुने दाबी गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति