जोरबिजोरमा कडा, ९ सय सवारीसाधन नियन्त्रणमा

काठमाडौं, १३ असोज । राजधानीमा मंगलबार बिहान ९ सय वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। उपत्यकामा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रशासनले जोरबिजोर प्रणाली लागू गरेको थियो।

महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार जोरबिजोर नियम उल्लंघन गरेको आरोपमा महानगरीय ट्राफिक महाशाखाले ९ सय वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।

जोरबिजोर नियम पालना नभएको व्यापक गुनासो आएपछि चेकजाँच बढाउँदा धेरै सवारीसाधन नियन्त्रणमा लिईएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । राजधनीका विभिन्न ४५ वटा चेक प्वाइन्टबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई आइन्दा नियम पालना गराउने सर्तमा एकपटकलाई छोड्ने प्रहरीको तयारी छ। तर, सवारी नियम नै उल्लंघन गर्नेलाई भने कारबाही गरिने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति