व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण

काठमाडौं, १२ असोज । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण देखिएको छ। आइतबार स्वाब परीक्षणका लागि दिइएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको ढकालले जानकारी दिएका छन्। तर आफूलाई स्वास्थ्यमा खासै समस्या नरहेको उनको भनाइ छ।

‘आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ आयो,’ उनले भने, ‘तर मलाई स्वास्थ्यमा कुनै समस्या छैन। घरमै सुरक्षित रूपमा आइसोलेसनमा बसेको छु।’ उनले केही दिनयता आफूसँग सम्पर्कमा आएकाहरूलाई सुरक्षित रहन र आवश्यक सजगता अपनाउन पनि आग्रह गरेका छन्। जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सतर्कता अपनाइरहे पनि आफूमा कोरोना देखिएको ढकालको भनाइ छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति