खोलाले बगाउँदा एक दम्पतीको मृत्यु

वाग्मती, ११ असोज । मकवानपुर जिल्लामा खोलाले बगाउँदा एक दम्पतीको आज मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पतिपत्नीको मृत्यु भएको हो । मकवानपुरगढी –६ बाट वडा नं ३ तर्फ जानेक्रममा खोला तर्दा सोही ठाउँका ज्ञानबहादुर परियार र उनकी पत्नी तुलसाको बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मकवानपुर गढीका प्रहरी नायब उपरीक्षक कृष्ण केसीले जानकारी दिए ।

उनीहरुलाई खोलाले बगाएर ६० फिट तलसम्म पु¥याएको थियो । यसअघि मकवानपुरका विभिन्न स्थानमा खोलामा शनिबार डुबेर तीन जनाको मृत्यु भएको थियो । केही दिनयता परेको अविरल वर्षाले मकवानपुरका विभिन्न खोलामा पानीको वहाब तीव्र छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति