डा. केसीको जीवन रक्षा गर्न नागरिकको अपिल

काठमाडौं, ११ असोज । अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न नागरिकहरुले सरकारसँग अपिल गरेका छन् । चिकित्सा शिक्षा सुधारका लागि १९ औं पटक १४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न नागरिकहरूले सरकारको ध्यानाकर्षण गरेका हुन्।

आइतबार विज्ञप्ति निकालेर उनीहरूले केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गिर्दो अवस्थामा रहेकोले कुनै पनि दिन परिस्थिति गम्भीर बन्न सक्नेतर्फ भन्दै सरकारलाई अपिल गरेका छन् । डाक्टर केसीको जीवन रक्षाको माग गर्दै पूर्वप्रधानन्यायाधिशहरू कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायतले अपिल गरेका हुन ।

उनीहरले यसअघि केसीसँग गरेका सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरेका हुन्। उनीहरुले जारी गरेको विज्ञप्तीमा केसीलाई अनसनस्थल जुम्लाबाट काठमाडौं ल्याएको एक साता भएको तथ्य जान्दाजान्दै पनि सरकारले चासो नदिएकोमा आफूहरू चिन्तित भएको बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति