मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

काठमाडौं, ११ असोज । बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ। मन्त्री हेरफेर गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।

अहिले बैठक भईरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । नियमित बैठक सोमबार बस्ने गरेको भए पनि प्रधानमन्त्रीले एक दिनअघि नै बैठक आह्वान गरेको एक मन्त्रीको भनाई छ । आकस्मिक रूपमा बोलाइएको मन्त्रिपरिषद् बैठकका एजेण्डा र कारणबारे भने खुलाईएको छैन । ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनको विषयमा केही दिनयता छलफल जारी छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति