प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

काठमाडौं, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा आज मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

मन्त्रिपरिषदको नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्दछ । तर प्रधानमन्त्री ओलीले आइतबार नै बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले आजको बैठक पनि नियमितजस्तै भएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति