सङ्कटको घडीमा मानिसलाई गरिब हुनबाट रोक्नु नै मुख्य चुनौती – प्रधानमन्त्री

काठमाडौं, ९ असोज ।   प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले गरिबी नै मुख्य चुनौती भएको बताए । संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले कोरोनाको महामारीले उब्जाएको सङ्कटको घडीमा मानिसलाई गरिब हुनबाट रोक्नु नै मुख्य चुनौती भएको बताएका हुन ।

राष्ट्रसङ्घको ७५ औं साधारण सभामा ‘गरिबी चौबाटोमा : भविष्यलाई सुन्दर बनाउन नेतृत्व र बहु(आयामिक गरिबी सूचकाङ्कको प्रयोग’ विषयक बैठकमा उनले स्वास्थ्य र आर्थिक सङ्कटका बीच नागरिकमा लगानी गर्नु र उनीहरूलाई पुनः गरिब बन्नबाट रोक्नु एउटा महत्वपूर्ण चुनौती हुने बताए।

‘दिगो विकासको एजेन्डा २०३० प्राप्त गर्न अब एक दशक मात्र बाँकी रहेका बेला सिर्जना भएको यस्तो चुनौतीमा गरिबी न्यूनीकरण गर्न गरिएको प्रगति र समग्र विकास प्रयासहरूको मूल्याङ्कन गर्ने प्राथमिक सूचक हुनुपर्छ, बैठकमा उनले भने ।गरिबीलाई बहु–आयामिक समस्याका रुपमा हेर्ने नेपालको दृष्टिकोणलाई जोड दिँदै नेपालको संविधानले बहुपक्षीय गरिबीका धेरै सूचकलाई नागरिकको मौलिक हकका रूपमा समावेश गरेको पनि प्रधानमन्त्रीको भनाइ छ । कोरोना महामारीले पूर्ण गरिबी अन्त्य गर्न र चाँडोभन्दा चाँडो गरिबीका अन्य सबै रूपलाई कम गर्न भइरहेको प्रयासमा गम्भीर असर पारेको पनि उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति