काठमाडौं, ८ असोज । अबिरल बर्षासँगै आएको पहिरोमा परी स्याङ्जामा ९ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका वडा नं १४ स्थित तमादीमा एक घर पुरिदा एकै परिवारका ८ जना सहित ९ जनाको मृत्यु भएको वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाणँले बताए । एक जनाको जीवतै उद्धार गरिएको उनले बताए । पहिरोले अर्को एक घरमा पनि क्षति पुर्याएको छ । मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन् ।
स्याङ्जामा पहिरोले घर पुर्दा ९ जनाको मृत्यु
प्रतिक्रिया