अफगानिस्तानको लोगार प्रान्तमा २५ आतंककारीको मृत्यु

लोगार, ७ असोज । अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा प्रहरी कारबाहीमा पछिल्लो २४ घण्टामा २५ जना आतंककारीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीसँगको भिडन्तमा अरु १८ जना घाइते भएका छन् ।

प्रान्तीय प्रहरी प्रवक्ता शापूर अहमदजाईले हतियारधारी समूहले बाराकी बाराक जिल्लाको प्रहरी जाँच चौकीमा आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गरेको बताए ।

प्रहरीले विद्रोहीबाट हातहतियार पनि बरामद गरेको थियो । अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया दिएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति