न्यूयोर्क प्रहरीमा कार्यरत अमेरिकी नागरिकले चीनका लागि जासुसी गरेको आरोप

न्यूयोर्क, ६ असोज । न्यूयोर्कमा कार्यरत एक अमेरिकी प्रहरी अधिकारीलाई चीनको सुराकी बनेको अभियोग लागेको छ ।

तिब्बतमा जन्मिएका बाइम्दाजी आङ्वाङले न्यूयोर्क क्षेत्रमा बसोबास गर्ने चिनिया“ नागरिकहरूको गतिविधिबारे चिनिया“ पक्षलाई जानकारी उपलब्ध गराएको आरोप लगाइएको छ । उनले तिब्बती समुदायभित्र पनि गुप्त सूचनाको सम्भावित स्रोतको मूल्यांकन गर्न सघाएको दाबी गरिएको छ । अंगीकृत अमेरिकी नागरिक रहेका आङ्वाङलाई सोमबार पक्राउ गरिएको हो । पक्राउ पर्नुअघि न्यूयोर्क प्रहरीको सामुदायिक मामिला एकाइमा कार्यरत थिए । दोषी ठहरिए उनलाई ५५ वर्षसम्मको जेल सजाय हुनसक्ने बताइएको छ ।

अभियोजनकर्ताहरूका अनुसार आङ्वाङ अमेरिकन आर्मी रिजर्भमा पनि नागरिक मामिला विज्ञको रूपमा कार्यरत छन् । आङ्वाङलाई चिनिया वाणिज्य दूतावासका दुई अधिकारीहरूसग सम्पर्कमा रहेको आरोप लागेको छ । उनका बुवा सेवानिवृत्त चिनिया सैनिक र चिनिया कम्युनिस्ट पार्टी (सीपीसी) का सदस्य थिए भने आमा पनि सीपीसीको सदस्य र चिनिया सरकारी कर्मचारी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति