१०४ केजी अवैध गाँजासहित तीनजना पक्राउ

काठमाडौं ६ असोज । मनहरि गाउँपालिका–६ स्थित लोथर खोलाको बगरको बाटो प्लाष्टिकको बोरा बोकी हिँडिरहेका तीन जनालाई प्रहरीले रोकी जाँच गर्दा अवैध गाँजा फेला परेपछि उनीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनीहरुलाई १०४ केजी अवैध गाँजासहित आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका–९ बस्ने २६ वर्षीय कपिल भन्ने रुप खड्का ठकुरी, सोही वडा बस्ने ३० वर्षीय टलकबहादुर घलान र सोही गाउँपालिका–४ बस्ने २७ वर्षीय मदन कोइराला रहेका छन् । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति