चितवनमा थप २३ जनामा कोरोना संक्रमण

चितवन, ६ असोज । चितवनमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २२ जना चितवनका र एक जना बाराको रहेको अस्पताल प्रशासनले जनाएको छ ।भरतपुर अस्पतालले सोमबार राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका तीन महिला र एक पुरूष र खैरहनीका १० पुरूष र सात महिने बालिकासहित पाच महिला तथा रत्नपुरका एक पुरूष र दुई महिलामा संक्रमण पुष्टि भएको छ ।बाँकी एक जना भने भने बारा जितपुरकी ६८ वर्षीया महिला रहेको भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालाले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति