रहेनन् कीर्तिमानी पर्वातारोही आङरिता शेर्पा

काठमाडौं ५ भदौ । हिमाल आरोही आङरिता शेर्पाको ७२ बर्ष को उमेरमा निधन भएको छ । आज बिहान १० बजे आफ्नै निजी निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिए ।

शेर्पा लामो समयदेखि विभिन्न रोगले ग्रसित थिए । उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर चर्चित छन् । उनको जन्म सोलुखुम्बुमा भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति