स्वास्थ्यमन्त्री ढकाल आजदेखि आइसोलेसनमा

काठमाडौं, ५ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पुनः आइसोलेसनमा बसेका छन् । मन्त्री ढकालको परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका हुन् ।

मन्त्री ढकालको परिवारका एक सदस्यमा कोरोना संक्रमण देखिएकाले आजदेखि आइसोलेसनमा बसेको प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले बताए । कोरोनाको महामारीका बीचमा सक्रिय रहेका मन्त्री ढकालका परिवारका सदस्यहरुमा भने यसअघि पनि कोरोना संक्रमण देखिएको थियो ।

नियमित भेटघाट बन्द रहेपनि आइसोलेसनबाट नै भर्चुअल संवाद र फोनमार्फत स्वास्थ्य सेवाका विषयमा मन्त्री ढकालले आवश्यक निर्देशन दिईरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति