कीर्तिमानी आरोही आङरिता शेर्पाको निधन

काठमाडौं ५ असोज । पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । ‘हिम चितुवा’ उपनामले परिचित शेर्पाको सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा निधन भएको हो ।

उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए । १० पटक विनाअक्सिजन सगरमाथा आरोहण गरेको विश्व रेकर्ड शेर्पाको नाममा छ । नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले उनको अन्त्येष्टि धार्मिक परम्पराअनुसार हुने जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति