पायल घोषले लगाइन् अनुरागमाथि यौन शोषणको आरोप

काठमाडौं । अभिनेत्री पायल घोषले फिल्म निर्माता अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाएकी छिन् । पायल घोषले अनुराग कश्यपलाई ट्वीटरमा ट्याग गर्दै लेखेकी छिन्, ‘अनुराग कश्यपले ममाथि जबरजस्ती गरे । नरेन्द्र मोदी जी उनीविरुद्ध कारवाही गर्न र यी सृजनात्मक पुरुष पछाडिको राक्षसी अनुहारलाई देशभरी उदाङ्गो पारिदिन आग्रह गर्दछु । मैले यस्तो कुरा गर्दा, यसले मलाई नै क्षती पुर्याउँछ र थाहा छ कि मेरो सुरक्षामा खतरा छ । कृपयाा मद्दत गर्नुहोस् ।’

पायल घोषको यो ट्वीटलाई रिट्वीट गर्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले घटनाको विषयमा थप जानकारी माग गरेकी छिन् । रेखा शर्माले आफ्नो ट्वीटमा लेखेकी छिन्, ‘तपाईंले मलाई [email protected] र @NCWIndia मा विस्तारपूर्ण आफ्नो पक्ष पठाउन सक्नुहुन्छ । पूरा घटना हेरिनेछ ।

अनुरागले पायलको आरोपको जवाफमा भने ‘मेरी जेठी श्रीमती हुन् वा दोस्री, वा कुनै प्रेमिका वा ती सबै अभिनेत्री जोसँग मैले काम गरेको छु, अथवा ती सबै युवती वा महिलाको समूह जसले सधैं मसँग काम गर्दै आएका छन्, वा ती सबै महिला जसलाई मैले एक्लै वा जनताबीच भेटेँ, म यस्तो प्रकारको व्यवहार न त गर्छु न कुनै पनि हालतमा सहन सक्छु ।’

‘बाँकी जे होला हेर्दै जाऔं । तपाईंको भिडियोमा नै देखिन्छ कि कति साँचो हो कति होइन । तपाईंका लागि प्रार्थना र प्रेम । तपाईंको अंग्रेजीको जवाफ हिन्दीमा दिएका कारण माफी चाहन्छु ।’ अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउडमा आरोप–प्रत्यारोप बढ्दै छ । गुटबन्दी र नेपोटिजमको कुरा पनि उठाइएका छन् ।

पायलको यो ट्वीटलाई अभिनेत्री कंगना रनौतले रिट्वीट गरेर मीटू ह्याशट्याग लगाउँदै लेखिन्, ‘हरेक आवाज महत्वपूर्ण हुन्छ । अनुराग कश्यपलाई पक्राउ गर ।’

पायल घोष को हुन् ?
पायल सन् २०१७ मा ‘पटेलकी पंजाबी शादी’ फिल्ममा अभिनेता परेश रावलकी छोरी बनेकी थिइन् । पायल बलिउडकी लोकप्रिय अनुहार होइनन् । उनले दक्षिण भारतकी केही फिल्ममा पनि अभिनय गरेकी छिन् । उनले धेरैजसो तेलुगू फिल्ममा काम गरेकी छिन् । पायल लोकप्रिय टिभी शो साथ निभाना साथिया टु मा पनि देखिएकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति