नेकपा अध्यक्ष प्रचण्डले दिए संविधान दिवसको शुभकामना (भिडियोसहित)

काठमाडौं, ३ असोज ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राज्यको कुरा निकै ऐतिहासिक र महत्वपूर्ण भएको बताए । संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिंदै अध्यक्ष प्रचण्डले सबै एक भएर राष्ट्रको एकता र जनताको आकांक्षा पूरा गर्न अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

सबै नेपालीका निम्ति एउटा नयाँ सकंल्प गरेर देशलाई आर्थिक समृद्धि, समाजवादउन्मुख राज्य बनाउन तथा सुशासनको निम्ति सबै दृष्टिकोणले समाजवादको भविष्य निर्माण गर्न संकल्प गर्ने दिनको रुपमा संविधान दिवस रहेको उनले बताएका छन् ।

प्रचण्डले संविधान दिवस सबै नेपालीमा एकता, शान्ति र समृद्धिको एउटा नया“ संकल्प लिने दिनको रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । संविधानसभाबाट संविधान निर्माण प्रक्रिया एक ऐतिहासिक महत्वपूर्ण राजनीतिक परिघटना भएको उनको भनाइ छ । जनअपेक्षा पूरा नभएको गुनासो सुनिरहेको उल्लेख गर्दै प्रचण्डले पार्टीभित्रको एकतालाई नयाँ शिराबाट अगाडि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त समेत गरे ।


भिडियो

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति