‘पापीहरुले मेरी छोरीको बलात्कार गरे, पञ्‍चायतले हत्या’

सप्तरी,२ असोज । सप्तरीको डाक्नेश्वरी–७ ब्रह्मपुरमा १७ बर्षिया किशोरीलाई बलात्कार गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिगेको छ । बलात्कार प्रयास गर्ने अन्य दुईजना फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी तिलक भारतीले जानकारी दिए ।

बलात्कार आरोपीलाई गएराती नेपाल–भारत सिमानाबाट नियन्त्रणमा लिइएको र पक्राउ पर्नेमा डाक्नेश्वरी–७ घर भएका बब्लु मण्डल र रञ्जित मण्डल रहेको डिएसपी तिलक भारतीले बताए ।

१७–१८ वर्ष उमेर समूहका बब्लु र रञ्जितले भदौ २९ को बिहान स्थानिय जुगेश्वरी शाहको खेतको आलीमा किशोरीलाई सामूहिक बलात्कार गरेका थिए । त्यसैगरी अस्मिताको मूल्य जनही २५ हजार सामूहिक बलात्कार पीडित किशोरीद्वारा आत्महत्या गरेकी छिन् । बलात्कारपछि गाउँमा पञ्च बसेर प्रहरीमा घटनाको जाहेरी दिनबाट रोक्दै ‘मिलापत्र’ परेपछि सोही साँझ पिडित किशोरीले आत्महत्या गरेकि थिइन् ।

उनीहरुलाई बलात्कार मतियार, प्रमाण नष्ट र आत्महत्या दुरुत्साहनमा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक भारतीले जानकारी दिए । किशोरीलाई धम्क्याएर बलात्कार मिलापत्र गर्ने पञ्च मध्येका जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई प्रहरीले यसअघि नै पक्राउ गरेर मुद्धा चलाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति