अर्को वर्षको शुरुमा भारतमा कोरोनाविरुद्धको खोप आउँछ: भारतीय स्वास्थ्य मन्त्री

भारत, १ असोज । भारतीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी महिनाको शुरुतिर कोरोनाभाइरस विरुद्धको खोप आउने आशा व्यक्त गरे । उनले बिहीबार भने– आगामी वर्ष सन् २०२१ को शुरुतिर नै यो खोप हामीले प्राप्त गर्ने धेरै सम्भावना रहेको छ ।

यस कार्यका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निकै नै लगावका साथ काम गरेको र यस कार्यका लागि उनले निकै शुक्ष्म रुपमा निगरानी गरिरहेको जानकारी दिए । बिहीबार उनले अर्को वर्षको शुरुआतदेखि नै भारतमा पनि यो खोप प्राप्त हुने र देशभरि नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिए ।

उनले विश्वका अरु देशहरुले जस्तै भारतले पनि खोप निर्माणको काममा निकै प्रयास गरिरहेकोले आगामी वर्षको शुरु तिरबाटै यो खोप भारतमा उपलब्ध हुनसक्ने जानकारी दिए । उनले सन् २०२० को अन्त्यसम्ममा खोप वितरणको अपेक्षा विश्वका नागरिकले दिएको भए पनि तर त्यो सम्भव हुन नसकेको पनि उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति