कोरोना अपडेट: २४ घण्टामा १२४६ संक्रमित, १२४३ जना डिस्चार्ज

काठमाडौं, १ असोज । नेपालमा बितेको २४ घण्टामा नेपालमा थप १२४६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । यो अविधमा १० हजार ६४१ जनाको पिसिआर गरिएकोमा १२४६ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

२४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १२ सय ४३ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको सरकारी तथ्यांक रहेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ८२ हजार ९१५ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १० हजार ६४१ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ जहार ९०३ र होम आइसोलेशनमा ८ हजार ३३८ जना रहेका छन् ।

थप चार जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा थप ४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । सरकारी तथ्यांक अनुसार अहिलेसम्म ३८३ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

हालसम्म नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५९,५७३ पुगेको छ । अहिले देशभरि १६,२४१ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ७,९०३ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको मन्त्रालयले जनाएको छ। यस्तै, काठमाण्डू उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या सर्वाधिक रहेको छ । सरकारी तथ्यांक अनुसार अहिलेसम्म ७२ प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएका छन् ।

उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमित
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५०७, भक्तपुरका ५० र ललितपुरका ६१ गरी थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति