कोरोनाबाट पाल्पामा थप एक जनाको मृत्यु

पाल्पा, १ असोज । कोरोनाका कारण पाल्पामा एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका–७, का ५२ वर्षीय एक पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यससँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

५२ वर्षीय पुरुषको युनाईटेड मिशन अस्पतालले निर्माण गरेको आइशोलेशनमा मृत्यु भएको हो ।
पाल्पा जिल्लामा हालसम्म ६ सय ८२ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये ६ सय ८ जना पुरुष र ७३ जना महिला रहेका छन् । जसमध्ये ५ सय ७७ जना निको भएका छन् । पाल्पामा अहिले सम्म समुदाय स्तरमा ९५ जना ब्यक्तिमा कोरोना पुष्टि भइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति