भारतको राजस्थानमा डुङ्गा पल्टिँदा ११ जनाको मृत्यु, केही अझै बेपत्ता

भारत, ३१ भदौ । भारतको राजस्तानस्थित कोटा जिल्लाको इटावा नजिकै बुधबार बिहान ९ बजे चम्बल नदीमा डुङ्गा पल्टदा ११ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा ६ पुरुष, ४ महिला र एकजना बच्चा रहेको स्थानीयले जानकारी दिए । यस दुर्घटनापछि घाइतेको उद्धार गर्ने क्रममा चार जना युवकले मिलेर कुल २५ जनाको ज्यान बचाएका हुन् ।

डुंगाको क्षमता २५ जना बोक्नसक्ने भएपनि ४० जना मानिस यहाँ चढेका थिए । यतिमात्रै होइन १४ वटा बाइक पनि राखिएको थियो । त्यसैले ओभरलोडका कारण डुंगा पल्टियो । घटनास्थलमा नदीको गहिराई ४० देखि ५० फिट रहेको र उनीहरु कमलेश्वर धाम जाँदै गर्दा सोे घटना घटेको प्रहरीले जानकारी दिए ।

स्थानीयका अनुसार डुंगावालाले धेरै मानिसलाई राख्न अस्विकार गरिरहेका थिए,त र मानिसहरुले जर्बजस्ती गरे । घटनालगत्तै स्थानीयले यात्रुहरुलाई बचाउने कोसिस गरेका थिए । तर पानीको बहाव तेज भएका कारण केही मानिस बगेर बेपत्ता भए । डुंगावाला भने पौडेर बाँच्न सफल भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति