जाजरकोटमा वडा सचिवको मृत्यु

जाजरकोट,३१ भदौ ।नलगाड नगरपालिका– १० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको छ । कार्यक्षेत्रमा काम गरिरहेका समयमा आज बिहान उनको मृत्युु भएको हो ।

रुकुमनपश्चिम मुसीकोट नगरपालिका– १३ छिवाङ घर भएका रोका केही समयदेखि नलगाड–१० मा कार्यरत थिए । निरन्तर ज्वरो आउने र श्वास फेर्न समस्या हुने समस्याबाट पीडित भएको एक हप्ताभित्र मृत्यु भएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिए । मृतक रोकाको स्वाब सङ्कलन गरी चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति