काठमाडौं, ३१ भदौ । काठमाडौंको कपनस्थित आनी गुम्बा नजिक सस्तोमा सुन किन्न बोलाएर १३ लाख ५० हजार लुटपाट गर्ने समूहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुढानीलकण्ठ नगरपालिका–११ मा उदयपुर चौदण्डीका निराहाङ राईलाई भदौ १८ गते ५ जनाको समूहले लुटेका थिए ।
लुटपाटको उजूरीपछि महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले उनीहरुलाई पक्रेर हिरासतमा राखेको थियो । संक्रमण पुष्टि भएपछि आरोपीलाई अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको आइसोलेशनमा भर्ना गरिएको छ ।
प्रतिक्रिया