काठमाडौं, ३१ भदौ । सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दू भएर गएको ६ रेक्टर स्केलको भूकम्पले त्यस क्षेत्रमा जोडसँग हल्लाए पनि विहान साढे ६ बजेसम्म कुनै क्षतिको विवरण नआएको बताइएको छ ।
केन्द्रविन्दु राम्चे नजिकै बाह्रबीसेमा केही दिन पहिलाको पहिरोमा परेकाहरुको उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकास सापकोटाले आफू केन्द्रविन्दू भनिएको राम्चे क्षेत्र नजिकै रहेको र त्यहाँको प्रहरी र स्थानीय जनप्रतिनिधिसँग बुझ्दा कुने क्षतिको विवरण नआएको बताए ।
भूकम्पले जोडले हल्लाए पछि स्थानीयहरु घर बाहिर आएका र स्थानीयमा त्रास भएको जानकारी दिए।
सिन्धुपाल्चोकमा भूकम्पले जोडले हल्लाए पनि कुनै क्षतिको जानकारी छैन– प्रहरी
प्रतिक्रिया