उपत्यकामा थप ६७६ जनामा कोरोना पुष्टि

काठमाडौं, ३० भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांक अनुसार काठमाडौंमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ गरी जम्मा ६७६ संक्रमित थपिएका हुन् ।

२४ घण्टामा उपत्यकासहित देशभर भने १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ६२ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ४० हजार ६३८ पुगेको छ ।

यसैबीच आज थप ११ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३६० पुगेको छ । आज देशभर सक्रिय सक्रमितको संख्या १५ हजार ३७१ रहेको छ । जसमा बितेको २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति