मणिपाल अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

पोखरा,३० भदौ । पोखराको मणिपाल अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भदौ २५ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको शंका लागेर स्वाब जाँच जर्दा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गए राती ११ बजेर २० मिनेट जाँदा उनको निधन भएको थियो । भदौ २८ गते उनलाई कोरोना पुष्टि भएको हो ।

पोखरा ९ का ७० वर्षीय ती पुरुष क्यान्सरका पनि दिर्घ रोगी थिए । यो सँगै गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति