भारतमा एकैदिन ८१ हजारमा कोरोना संक्रमण, संक्रमितको संख्या ४९ लाख नाघ्यो

काठमाडौं, ३० भदौ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४९ लाख नाघेको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ८१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

मंगलबार बिहानसम्म भारतमा ८१ हजार ९११ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४९ लाख २६ हजार ९१४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३८ लाख ५६ हजार २१४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ८९ हजार ८६० जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८० हजार ८०८ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति