सावधान ! यी सेनिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटियो

काठमाडौं, २७ भदौ । सरकारले विभिन्न ५ कम्पनीले कम्पनीले उत्पान गरेको ह्याण्ड सेनिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ ।

औषधि व्यवस्था विभागले शनिबार एक सूचना जारी गर्दै नेपाल कायाकल्प उद्योग भक्तपुर तथा हाइजिन सोप एण्ड केमिकल, आधार केमिकल एण्ड फुट इन्डस्ट्रिज, सर्च चेम कम अर्बल प्रोडक्ट र सूर्यमुखी अर्बल काठमाडौंले उत्पादन गर्दै आएको ह्याण्ड सेनिटाइजरमा विशाक्त रसायन समावेश भएको पाइएको भन्दै बिक्री वितरणमा रोक लगाएको हो ।

सो रसायनले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने हुँदा प्रयोग नगर्न र उत्पादन तथा विक्री वितरण अबिलम्ब रोक्का राख्न विभागले सूचित गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति