काठमाडौं र भक्तपुरमा उत्पादन भएका सेनिटाइजरमा विषाक्त रसायन

काठमाडौं, २७ भदौ । काठमाडौं र भक्तपुरका उद्योगमा उत्पादित ५ सेनिटाइजरमा विषाक्त रसायन भेटिएको छ । औषधि व्यवस्था विभागले सूचना जारी गरी ती सेनिटाइजरको विक्री वितरण रोक्ने आदेश दिएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा यस्तो पाइएको औषधि व्यवस्था विभागले जनाएको छ ।

परीक्षणका क्रममा ती कम्पनीले उत्पादन गरेका स्यानिटाइजरमा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने विषाक्त रसायन मिथानल भेटिएको विभागले जानकारी दिएको छ । काठमाडौंका हाइजिन सोप एन्ड केमिकल प्रालि, आधार केमिकल्स एन्ड फूड इन्डष्ट्रिज प्रालि, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्सले र भक्तपुरको नेपाल कायाकल्प उद्योगले उत्पादन गरेको सेनिटाइजरमा विषाक्त रसायन भेटिएको सूचनामा जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति