श्रीमती र छोराको हत्यापछि सुदीपले गरे आत्महत्या

भक्तपुर, २७ भदौ– भक्तपुरमा एकै परिवारका तीन जनाको रहस्यमय मृत्यु भएको छ ।
मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा गएराति तीन जनाको शव फेला परेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले स्थानीय ३६ वर्षीय सुदीप अधिकारीले श्रीमती र छोराको हत्यापछि आत्महत्या गरेको निस्कर्ष निकालेको छ ।

प्रहरीका अनुसार सुदीपले ३४ वर्षीया श्रीमती सम्झना र १५ वर्षीय छोरा सुशान्तको धारिलो हतियार प्रयोग गरी हत्या गरेपछि आफूले विष सेवन गरी आत्महत्या गरेको देखिएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विज्ञको टोलीले सम्झना र सुशान्तको केही दिन पहिल्यै हत्या भएको र सुदीपले भने गएराति मात्र आत्महत्या गरेको अनुमान गरेको छ । आमाछोराको शव सडिसकेको अवस्थामा भेटिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति