२ करोड ५ लाख ७० हजार बढीले जिते कोरोना : ६० हजार ८८४ जनाको अवस्था गम्भीर

काठमाडौं, २७ भदौ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या २ करोड ८६ लाख नाघेको छ। वल्र्डमिटरको पछिल्लो तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या २ करोड ८६ लाख ४७ हजार ४७७ पुगेको हो।

विश्वभरका कुल कोरोना संक्रमितमध्ये २ करोड ५ लाख ९० हजार ९४९ जनाले कोरोनालाई जितेका छन् । शनिबार बिहानसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ९ लाख १९ हजार ५१२ पुगेको छ । अहिले ७१ लाख ५७ हजार १६ जनाको विभिन्न अस्पताल तथा आइसोलेनमा उपचार भइरहेको छ । उपचाररतमध्ये ६० हजार ८८४ जनाको अवस्था गम्भीर छ ।२४ घण्टाको तथ्यांक हेर्दा विश्वभर ३ लाख ४ हजार १०३ संक्रमित थपिएका छन् भने संक्रमित ५ हजार ६८३ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा १ लाख ९७ हजार ४२१ जनाले ज्यान गुमाएका छन् । संक्रमित ६६ लाख ३६ हजार २४७ मध्ये ३९ लाख १७ हजार ९६२ जना निको भएका छन् ।२५ लाख २० हजार ८६४ मा सक्रिय संक्रमण देखिएको छ । उनीहरुमध्ये १४ हजार ३४७ जनाको अवस्था गम्भीर छ ।दोस्रो धेरै संक्रमित मुलुक भारत बनेको छ । भारतमा ४६ लाख ५७ हजार ३७९ जनामा संक्रमण फैलिएको छ । ७७ हजार ५०७ जनाले ज्यान गुमाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति