नेकपा बैठकः माधव नेपाल भने- विधि र पद्धतिबिना पार्टी कसरी चल्छ ?

काठमाडौं, २६ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बालुवाटारमा जारी छ । बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले ल्याएको १५ बुँदे प्रस्तावप्रति चर्को असन्तुष्टि जनाएका छन् ।

नेता नेपालले पार्टी एकताको ५ महिनायता निरन्तर एक व्यक्ति एक मुख्य जिम्मेवारी लगायतको मुद्धा उठाउँदै आईरहेका छन् । यसबारेमा प्रचण्डसँग बिहीबारको भेटमा समेत असन्तुष्टि पोखेको खबर बाहिरिएको थियो । बैठकमा उपस्थित एक नेताका अनुसार उनले व्यक्ति एक मुख्य जिम्मेवारी लगायतका विषय प्रस्तावमा किन समेटिएन ? विधि बिना पार्टी कसरी चल्छ ?’ भन्दै नेपाल बैठकमा प्रश्न गरे ।

बैठकमा नेपालसहित स्थायी समिति सदस्यहरु देव गुरुङ, लिलामणि पोख्रेल, घनश्याम भुसाल, मातृका यादव, अष्ठलक्ष्मी शाक्य, भीम आचार्य, रघुजी पन्तलगायतले आ-आफ्नो धारणा राखिसकेका छन् । पार्टीभित्रको आन्तरिक विवादका कारण झण्डै डेढ महिना अघि स्थगित बैठक विवाद समाधानउन्मुख भएपछि शुक्रबार बसेको हो । बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्तावमाथि सामान्य छलफल गरेर पारित गर्ने तयारी छ ।

आजको बैठकबाट पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने केहीबेर बैठकमा सहभागी भएर बाहिरिएका थिए । उनी अर्का अध्यक्ष प्रचण्डलाई बैठक सञ्चालनको जिम्मेवारी दिएर बाहिरिएको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति