गण्डकीमा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौँ, २५ भदौ । पोखराका १९ जनासहित गण्डकी प्रदेशका ६ जिल्लामा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा २ जना पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र २ जना नेपाली प्रहरी रहेको जनाइएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको विज्ञप्ति अनुसार कास्कीका १९, स्याङ्जाका १२, बागलुङका ९, नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का ५ जना, तनहुँका ३ र पर्बतका १ जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमित हुनेहरूमा पोखरा महानगरपालिका विभिन्न ६ वडाका १० पुरूष र ९ महिला छन् । उनीहरू ९ वर्षका बालदेखि ५९ वर्षसम्मका छन् ।यस्तै स्याङ्जाको पुतलीबजारका ७ पुरूष र ५ महिलामा पनि संक्रमण पुष्टि भएको छ । उनीहरू २६ देखि ५५ वर्षसम्मका रहेको निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार बागलुङको बरेङका ७ जना तथा जमैनी र गल्कोटका एक÷एक जनामा संक्रमण भएको छ । संक्रमित हुनेमा ८ वर्षका वालकदेखि ५९ वर्षका बृद्धसम्म रहेका छन् ।नवलपरासी(बर्दघाट सुस्ता पूर्व)कावासोतीका ४ जना र देबचुलीका एक जनामा पनि संक्रमण पुष्टि भएको हो । तनहुँको भिमादका ३ जना पुरूष र पर्बतका १ जना पुरूषमा पनि संक्रमण पुष्टि भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति