गगन थापाको आक्रोसः ‘प्रधानमन्त्रीज्यू धैर्यताको बाँध कुनै पनि बेला फुट्नसक्छ’

काठमाडौं, २४ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले जनता सरकारको आदेश मानेर बसे पनि सरकारसँग कुनै योजना नभएका कारण अवस्था थप संकटपूर्ण बन्दै गएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताको धैर्यताको जाँच नगर्न चेतावनीसमेत दिए ।

आज सामाजिक सञ्जाल ट्वीट गर्दै नेता थापाले संसद् बन्द गरेर राजनीतिक नेतृत्व बालुवाटारमा आइसोलेसनमा बसेको भन्दै टिप्पणी गरेका छन्। उनले सरकारले भोका जनताको जिम्मा सिडिओ र प्रवक्तालाई लगाएर आफू दुलोमा लुकेर बसेको आरोप लगाएका छन् ।

‘सिडिओको मुखबाट निषेधाज्ञाको आदेश र स्वास्थ्य मन्त्रालयको प्रवक्ताको मुखबाटकोरोना–अपडेट सुनाएर समाधान हुन्छ भन्ने सोचमा सरकार हो भने, प्रधानमन्त्रीज्यू, आम नेपालीको धैर्यताको बाँध कुनै पनि बेला फुट्नसक्छ’, थापाले सामाजिक सञ्जालमा लेखेका छन् । ‘कृपया नागरिकको धैर्यताको जाँच नगर्नुहोस्। कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली मात्रै जनतातर्फ नबर्साउनुहोस्। यस्तै चलिरहने हो भने नागरिकले सरकारको कुरा सुन्न छाड्नेछन्।’

‘हुँदा–हुँदा सरकारले रोग र भोकबाट आहत नागरिकलाई सिडियो र प्रवक्ताको भरमा छोड्दिन थालेको छ, बुधबार सामाजिक सञ्जाल ट्विटरमा नेता थापाले लेखेका छन्, ‘अनेकन समस्याका बावजुद सिडियोको आदेश मानेर आमनागरिक घरभित्र बसिरहँदा, सरकार के गर्दै थियो त्यो बताओस्।

स्वास्थ्यको क्षेत्रमा के के तयारी भयो ? संक्रमितको संख्या थपिँदा उपचार गर्न सक्ने क्षमता कति बढ्यो ? काम नै नगरिरहेको रेस्पोन्स सिस्टमलाई कहाँ–कहाँ बदलियो ? के–के गर्दै जाने योजना छ ?लकडाउन–निषेधाज्ञा कसरी उपयोग गर्ने सोचेको, वा लकडाउन गरिरहने सोच हो ? नेता थापाले सरकारले भोका जनता, रोजगार गुमाएका, साना व्यवसायी, किसान, यातायात मजदुरका बारेमा के कस्ता योजना बनाइरहेको छ ? जस्ता प्रश्न पनि गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति